पर्सामा २ र सुनसरीमा १ जनाको मृत्यु

|

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बुधबार एकै दिन तीनजनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेहरूमा दुईजना पर्साका छन् भने एकजना मोरङका रहेका छन्। 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्‍नेतका अनुसार पछिल्लो पटक नेशनल मेडिकल कलेजमा उपचाररत ७० वर्षीय वृद्धको ज्यान गएको हो।

त्यसअघि गण्डक कोभिड अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको पनि कोरोनाले मृत्यु भएको थियो। नेशनल मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएका पुरूषको केही बेरअघि कोरोना रिपोर्ट पोजेटिभ आएको हो। 

उता मोरङका एकजना ४५ वर्षीय पुरूषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको छ। उनलाई आजै अपरान्ह विराटनगरमा ल्याइएको थियो।

गम्भीर बिरामी अवस्थाका उनलाई एकजना ड्राइभरले बिपी प्रतिष्ठानमा ल्याएर छाडेका थिए। 'उनलाई सुरूबाटै प्रतिष्ठानको भेन्टिलेटरमा राखिएको थियो', बिपी प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले भने, 'उपचारकै क्रममा उनको आजै साँझ पौने ५ बजे निधन भएको छ।'

सापकोटाले शव व्यवस्थापनका लागि सेनासहितसँग आवश्यक समन्वय भइरहेको जानकारी दिएका छन्। यसअघि बिपी प्रतिष्ठानमा उपचारका क्रममा सप्तरी र धनुषाका दुई जनाले ज्यान गुमाइसकेका छन्। आजसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि ५२ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.