समाज

दूर सञ्चार कार्यालय खाँदबारीका प्रमुख चार महिनादेखि घर बिदामा

साउन १६, २०७७

    संखुवासभा : दूर सञ्चार कार्यालय खाँदबारीका कार्यालय प्रमुख चार महिनादेखि घर बिदामा छन्। लडडाउन हुनुभन्दा एक साताअघि घर बिदामा गएका कार्यालय प्रमुख राधारमण भट्टराई अहिलेसम्म कार्यालयमा उपस्थित भएका छैनन्।

    कार्यालय प्रमुखविहीन भएपछि सेवाग्राही मर्कामा परेका छन्। भट्टराई कहिले आउने भन्ने अझै अनिश्चित रहेको कार्यालयका सूचना अधिकारी चित्र मोक्तानले बताए। कार्यालय छाडेर महिनौंसम्म घर बिदा बस्दा कार्यालयका दैनिक कामकाज ठप्प भएको छ। कार्यालयमा दैनिक गुनासोका चाङ लाग्ने गरेका छन्। कार्यालयमा सेवाग्राहीबाट आउने गुनासोलाई कार्यालय प्रमुख नभएको भन्दै कार्यालयले त्यस्तै फर्किउने गरेको  स्थानीय जीवनाथ खलालले बताए। 

    पाँच दिनदेखि इन्टरनेट अवरुद्ध

    संखुवासभामा पाँच दिनदेखि नेपाल टेलिकमको एडिएसएलको इन्टरनेट सेवा अवरुद्ध भएको छ। इन्टरनेट सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयको सेवा समेत प्रभावित भएको छ। सदरमुकाम खाँदबारी, चैनपुर, मादी र पाँचखपनलगायतका स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो।

    तेह्रथुमको वन्सन्तपुर र मुढेबीचको स्थानमा फाइवरमा समस्या आएपछि इन्टरनेट सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय खाँदबारीले जनाएको छ। सेवा अवरुद्ध हुँदा सदरमुकाम खाँदबारी आसपासका ६२५ सेवाग्राही प्रभावित भएका छन्। गत आइतबारदेखि अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालन हुन अझै केही दिन लाग्ने कार्यालयका सूचना अधिकारी मोक्तानले बताए। 

    सदरमुकाम खाँदबारीमा बुधबारदेखि ल्यान्डलाइन टेलिफोन सेवा समेत अवरुद्ध भएको छ। उत्तरी क्षेत्रमा रहेको भोटखोला गाउँपालिकामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। भोटखोला–२ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर सेवा अवरुद्ध भएको हो। 

    त्यस्तै, सभापोखरी गाउँपालिकामा चार महिनादेखि टेलिफान सेवा अवरुद्ध भएको छ। सभापोखरीको स्वाचीमा राखिएको टावरमा समस्या आएपछि सेवा अवरुद्ध भएको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]