वैवाहिक वर्षगाँठमा भेला भएका ३८ जना संक्रमित

|

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ। भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढीरहेको समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए। 

यही साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ। यस्तै, साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ। योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ। 

वैवाहिक वर्षगाँठमा भेला भएका  ३५ नेपाली संक्रमित

यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन्। समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.