काठमाडौं : पोल्यान्ड पठाइदिन्छु भनी १७ लाख रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकी ४० वर्षीय कमलाकुमारी थापालाई महानगरीय अपराध महाशाखाले आज पक्राउ गरेको हो।
विभिन्न प्रलोभनमा पारेर लक्ष्मी देवकोटासमेतका व्यक्तिसँग ठूलो रकम लिएको उजुरीका आधारमा थापालाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
पक्राउ परेकी थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।