काठमाडाैं : उपचारका लागि कोसी अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएका विराटनगरका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषको आज बिहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको थियो।
बाहिर उपचार गरिएको र कोशी अस्पताल ल्याइ पुर्याउँदा बिरामीको मृत्यु भइसककेको थियो। काेसी अस्पतालका प्रमुख चुमनलाल दासका अनुसार बिरामीमा निमोनिया, ज्वरो र उच्च रक्तचापको समस्या थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।