कोभिड-१९ {अपडेट}

सांसद यादवले घरमै बसेर ११ दिनमै जिते कोरोना

डाक्टरकाे सल्लाह र अनुशासित भएकाले काेराेना जितेकाे भनाइ

साउन २७, २०७७

    जनकपुरधाम : जनता समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले कोरोनालाई जितेका छन् । उनले आज फेसबुकमार्फत आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्। 

    उनले घरभित्र आइसोलेट भई अनुशासित भएर सुरक्षित बसी कोरोनालाई जितेको उल्लेख गरेका छन्। डाक्टरले दिएको सुझावअनुसार चलेकाले कोरोनालाई जित्न सफल भएको उनले लेखेका छन्। 

    ‘डाक्टरको सल्लाह र निर्देशनबमोजिम अझै सात दिनसम्म आइसोलेट भएर बस्नुपर्ने भएको हुनाले म घरमै होम आइसोलेसनमा रहन्छु’, उनको फेसबुकमा लेखेका छन्। साउन १६ गते सांसद यादवमा कोरोना पुष्टि भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]