काठमाडौं : उपत्यकामा थप ९८ कोरोना संक्रमित थपिएका छन। काठमाडौमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ गरेर काठमाडौं उपत्यकामा ९८ संक्रमित पुगेका छन्।
यो सँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ७ सय ९५ पुगेको छ।
मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ६८ कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।
आज आर टी पिसिआर ११ हजार ४७ जनामा गरिएको गौतमले जानकारी दिए। २४ घण्टामा १ सय २४ जना कोरोनाबाट मुक्त भइ डिस्चार्ज भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।