|

कालिकोट : कालिकोटमा खोलाले बगाउँदा ४ जनाको मृत्यु भएको छ। कालिकोटको नरहरिनाथ गाउँपलिका–७ माइती भएकी अछामकी देवा बोहोरासहित उनका ३ जना छोराछोरीलाई स्थानीय उत्सव खोलाले बगाएको हो। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार उनीहरुलाई हिजो साँझ खोलाले बगाएका उनीहरुको शव आज मात्रै भेटिएको हो। देवासहित उनकी १४ वर्षीया छोरी विपना बोहरा, ७ वर्षीय छोरा हेमन्त बोहरा र एक वर्षीया छोरी आकृति बोहराको मृत्यु भएको हो।

 छोराछोरीसहित आमाको वार्षिक पुण्य तिथिमा माइत गएकी देवालाई दिदीको घर जाने क्रममा खोलो तर्न खोज्दा बगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक डिएसपी श्याम ओलियाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.