|

एजेन्सी : विश्‍वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमा एक गुगलका कयौँ सेवा विश्‍वभर डाउन भएको छ। कम्पनीको जिमेल सर्भिस र गुगल ड्राइभ सर्भिस बुधबारदेखि नै विश्‍वभर डाउन भएको हो। 

जसका कारण युजरले अनेकौं समस्या झेल्नु परेको छ। जिमेलमा फाइल एट्याच नहुने सबैभन्दा ठूलो समस्या देखिएको छ।

गुगलका यी दुवै सर्भिसमा समस्या डेस्कटपका एपमा पनि देखिएको छ। कम्पनीले पनि यस कुराको पुष्टि गरेको छ। यस सम्बन्धमा ट्विटरमा पछिल्लो एक घण्टामा लाखौं प्रयोगकर्ताले गुगललाई गुनासो गरेका छन्। 

बुधवार, १९ अगस्टदेखि नै जिमेलमा फाइल एट्याच भइरहेको छैन। जिमेलमा फाइल एट्याच गर्न खोज्दा बारम्बार जम्प गरिरहेको छ। त्यसपछि फेरि एट्याच हुन खोज्छ। यो समस्या बिहीबार पनि हल भएको छैन।

यता कम्पनीले यस समस्याको जाँच सुरू गरेको छ। गुगलका अनुसार गुगल मिट, गुगल भ्वाइस र गुगल डक्समा देखिएको प्राविधिक समस्याका आधारमा नयाँ अपडेट थालिएको छ। अर्कातिर कयौँ प्रयोगकर्ताहरूले युट्युबमा भिडियो अपलोड नभएको पनि गुनासो गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.