कोभिड र अन्य रोगका बिरामीलाई एकै ठाउँ राख्दा फैलियो

|

काठमाडौं : देशकै सबैभन्दा पुरानो वीर अस्पतालका चिकित्सकसहित ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरका डाक्टर र नर्ससहित ७१ जनामा बुधबारसम्ममा कोरोना संक्रमण पुष्टि भएको हो। 

मंगलबार आएको रिपोर्ट अनुसार थप १३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरुलाई जमलस्थित एल्लो प्यागोडा होटलको आइसोलेसनमा राखिएको छ।

मंगलबार दिउँसो थप तीनजना बिरामी र १३ जना स्वास्थ्यकर्मीसहित १६ जनामा कोरोना संक्रमण देखिएपछि वीर अस्पताल प्रशासनले बुधबार र बिहीबार ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको छ।

हालसम्म वीर अस्पतालमा मात्रै १२ जना चिकित्सक, १२ भन्दा बढी नर्स, अन्य स्वास्थ्यकर्मी र कर्मचारीसहित ७१ जनामा कोरोना पुष्टि भइसकेको हो। 

चिकित्सकहरुमै यति ठूलो परिमाणमा भाइरस संक्रमण भेटिएपछि भोलि र पर्सि दुई दिनका लागि ओपिडी सेवा बन्द गरिएको छ। अस्पतालले आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने जानकारी दिएको छ।

स्रोतका अनुसार कोभिड-१९ का र अन्य रोगका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गराउँदा त्यहाँ संक्रमण फैलिएको हो। 

उपत्यका कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालहरू हटस्पट बन्‍न थालेका छन्। काठमाडौंका अधिकांश अस्पतालमा कोरोना संक्रमित भेटिएका छन्। कोरोना नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरे पनि त्यसको प्रभावकारी पालना हुन सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.