|

धनकुटा : धनकुटामा सांसददेखि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ताहरु नै होम क्वारेन्टाइनमा रहेका छन्। गएको शनिबार जिल्ला अस्पताल धनकुटालाई १ सय बेडको अस्पताल बनाउन स्थलगत निरीक्षण गर्न धनकुटा आएका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना पुष्टि भएपछि धनकुटाका संसददेखि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ताहरु नै होम क्वारेन्टाइनमा रहेका छन्। नेतृत्वकर्ता नै होम क्वारेन्टाइनमा पुगेपछि कोभिड नियन्त्रणमा समस्या हुने देखिएको छ।

सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ताहरु होम क्वारेन्टाइनमा रहेपनि कामकाजमा भने कुनै समस्या नरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले बताए।

उनले भेटघाट तथा बैठक नभएपनि प्रविधिको प्रयोग गरेर काम गरिरहेको बताए। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अधिकांश सदस्यहरु होम क्वारेन्टाइनमा रहेपछि गत १७ धनकुटा थप गरिएको निषेधाज्ञा सो समितिका सदस्यहरुसँग टेलिफोनबाट सल्लाह गरी थप गरिएको बिमलीले बताए।

होम क्वारेन्टाइनमा रहनेहरुमा धनकुटाबाट प्रतिनिधित्व गर्ने संसदहरु, जिल्ला समन्वय समितिका जनप्रतिनिधी, धनकुटा नगरपालिकाका जनप्रतिनिधी, विभिन्न कार्यालयका प्रमुखहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्यहरु, राजनितीक दलका स्थानिय नेताहरु, जिल्ला अस्पतालका डाक्टरहरु र केही पत्रकार गरि २० जना रहेका छन। उनीहरु मन्त्री सहभागी कार्यक्रममा सहभागी थिए।

पछिल्लो पटक भिआईपीहरुबाटै कोरोना संक्रमण फैलिन सक्ने देखिएपछि धनकुटामा भने त्रासको वातावरण छाएको छ। ठूलावडालाई लकडाउन पनि नलाग्ने, जताभावी हिड्ने आफू अनुकुल कार्यक्रमहरु गर्ने गरेको कारण सर्वसाधरणलाई धनकुटामा कोरोनाको त्रास फैलिएको स्थानिय तुलसी बाह्रकोटीले गुनासो गरे।

लकडाउन भनेर सर्वसाधरणलाई घरमा थुनेर मन्त्री, सांसद, सुरक्षा निकायका व्यक्तिहरु गैरजिम्मेवार हुँदा धनकुटामा दिनप्रतिदिन कोरोनाको संक्रमण बढ्न थालेका स्थानीय गोरख कटुवाल बताउँछन।

यता मन्त्री सहभागी कार्यक्रम देखि स्थलगत अनुगमनका क्रममा मन्त्रीसँग सम्पर्कमा आएका ३७ जनाको शुक्रबार स्वाव संकलन गरिएको छ। भिआइपी कन्ट्राक्ट्रेसिङ नाम दिइएको स्वाव संकलनमा धनकुटामा रहेर अग्रपंङ्गतीमा रहेर काम गरिरहेका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधि र पत्रकारहरु रहेका छन्। स्वाबको रिपोर्ट आइतबारसम्म आइसक्ने स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाईले जानकारी दिए।

गएको शनिबार धनकुटा आएका मन्त्री घिमिरेलाई विराटनगर फर्किए लगत्तै पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। उनलाइ झाडापखाला र ज्वरो आएपछि पिसिआर गरिएको थियो।

यस्तै धनकुटा जिल्लामा हालसम्म ४० जनालाई कोरोना संक्रमण भैसकेको छ। जसमा २० जना उपचारत रहेका छन भने २० जना उपचारपछि घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.