|

तनहुँ : किर्ते नागरिकता बनाउन सहयोग गरेको आरोपमा भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल पक्राउ परेका छन्। २२ वर्षअघि गरको किर्ते आरोपमा उनी समातिएका हुन्।  

२०५४ सालमा साविक गजरकोट गाउँ विकास समिति–४ का अम्बरबहादुर थापाका छोरा राजु थापालाई सोही ठाउँका होमबहादुर थापाका छोरा भन्ने झुटो विवरण बनाई नागरिकता बनाउन सहयोग गरेको आरोपमा वडाध्यक्ष मल्ललाई पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। वडाध्यक्ष मल्ललाई प्रहरीले सोमबारै पक्राउ गरेको थियो।

मल्ललाई कैद भुक्तानका लागि कारागार तनहुँ चलान गरिएको तिमिल्सिनाले बताए। मल्ल विरुद्ध तनहुँ जिल्ला अदालतले २०५५ वैशाख २ गते दोषी ठहर गरी एक वर्ष कैदको फैसला सुनाएको थियो। अदालतको फैसलापछि पनि मल्ल पक्राउ परेका थिएनन्। 

वडाध्यक्ष मल्ल विरुद्ध बेलायती सेना होम बहादुरलाई दुई लाख रुपैयाँ दिई राजुलाई उनको छोरा भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाउन तारतम्य मिलाएको आरोप लागेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.