|

तनहुँ : नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले दुईतिहाइ नजिकको सरकारले जनतालाई राहत दिनुपर्ने बेलामा आहत दिएको बताएका छन्। तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कोभिड १९ को संक्रमण देशभरका जनता संकटमा परेका बेला राहतको व्यवस्था गर्नुपर्ने अवस्थामा निरीह भएर बसेको बताएका हुन्।

देशैभर फैलिएर जनताहरु मर्दै गर्दासमेत सरकारले ठोस निर्णय लिन नसकेको उनको  भनाइ छ। ‘बहुमतको सरकारले संकटको बेलामा जनतालाई राहत दिनुपर्ने हो, तर देशभरका जनताको समस्या बुझ्नुपर्ने अवस्थामा पनि केही गर्न सकेको छैन, यो भ्रष्ट सरकारले आफ्ना कार्यकर्ता पाल्ने काम मात्रै गरेको छ, कार्यकर्ताबाहेक जनताको समस्या बुझ्ने?, पहिले जनता बचाउनतर्फ सरकारले सोच्नुपर्ने हो तर सरकारले कहिले लिने हो ठोस निर्णय?’ नेता पौडेलले प्रश्न गरे।

जनतालाई बचाए मात्रै देश रहने हो, त्यसतर्फ नेकपा सरकारको ध्यान पुगेको छैन, जनता बचाउनुभन्दा भ्रष्टाचार गर्नमा तल्लिन भएको उनको भनाइ छ। ‘कांग्रेसले प्रधानमन्त्री कोषमा रहेको रकम स्थानीय सरकारलाई दिनुपर्छ भन्ने माग गरेको थियो तर नेकपा सरकारले टेरेन, तीन तहको सरकारमध्ये जनता दुखसुख  बुझ्ने भनेको स्थानीय सरकार मात्रै हो, यो नेकपा सरकारले बुझ्न सकेन,’ उनले भने।

उनले स्वास्थ्य सामग्री खरिदमा समेत कमिसनको खेलमा लागेर देशलाई गरिबीतर्फ धेकेलेको बताए।

कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले देशको विकासमा लाग्नुपर्ने दुईतिहाइको सरकार कमाउधन्दामा लिप्त भएको बताए। सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि खर्च गरेको भने पनि स्थानीय तहमा सरकारको कुनै रकम आइनपुगेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.