होम आइसोलेसनबाट उपचारका लागि अस्पताल भर्ना

|
फाइल फाेटाे

काठमाडौं : कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यअवस्था स्थिर रहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले जनाएको अत्यधिक ज्वरो आएपछि कोइरालालाई उपचारको लागि आज बिहान ६ बजे ओम अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन्। 

ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोइराला नेतृत्वको चिकित्सकीय टोलीले उनको उपचार गरिरहेको श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन्।

श्रेष्ठका अनुसार महामन्त्रीको उपचार डा कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट, डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा. प्रमेशसुन्दर श्रेष्ठलगायतका टिमले गरिरहेको छ। 

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार मंगलबार राति अत्यधिक ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी होम आइसोलेसनमै थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.