|
सांकेतिक तस्बिर ।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा मानपदवी, अलङ्कार र पदबाट सम्मान गर्ने घोषणा भएकाहरुमा कार्यालय सहयोगीहरु पनि परेका छन्। १३ जना कार्यालय सहयोगीलाई प्रबल जनसेवा श्री (चतुर्थ) बाट सम्मान गर्न लागिएको हो।

अर्थ मन्त्रालयका कार्यालय सहयोगी चन्द्रबहादुर खत्री, जिल्ला प्रशासन कार्यालय धनुषाका कार्यालय सहयोगी जीतन यादव, जिल्ला प्रशासन कार्यालय रोल्पाका कार्यालय सहयोगी झगबहादुर फेवाली, अर्थ मन्त्रालयका कार्यालय सहयोगी धर्मराज दाहाल, गृह मन्त्रालयका कार्यालय सहयोगी नवराज घिमिरे र जिल्ला प्रशासन कार्यालय पाँचथरका वेदनिधी खनालले प्रबल जनसेवा श्री (चतुर्थ) प्राप्त गरेका हुन‌।

त्यस्तै, गृह मन्त्रालयका कार्यालय सहयोगी मनोजकुमार चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कार्यालय सहयोगी मनोजराज दाहाल, कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका कार्यालय सहयोगी राधेश्याम थारु, जिल्ला प्रशासन कार्यालय स्याङ्जाका श्रेणी विहीन पाचौँ रामचन्द्र गिरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कार्यालय सहयोगी, बिजु कार्की, जिल्ला प्रशासन कार्यालय प्यूठानका कार्यालय सहयोगी विष्णुप्रसाद अधिकारी, जिल्ला प्रशासन कार्यालय कालिकोटका कार्यालय सहयोगी हरिनाथ योगीलाई प्रबल जनसेवा श्री (चतुर्थ) बाट सम्मान गर्न लागिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हरिकृष्ण राई, गृह मन्त्रालयका नानीकाजी थापा र मदन महर्जनलाई पनि प्रबल जनसेवा श्री चतुर्थबाट सम्मान गर्न लागिएको छ। उनीहरु तीनै जना हलुका सवारी चालक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.