|

विराटनगर : नेपाल पत्रकार महासंघ १ नंबर प्रदेश समिति आफ्नै कार्यालय भवनमा सरको छ। विराटनगर ५ मा बन्दै गरेको भवनमा संविधान दिवसको अवसर पारेर शनिबार सरेको हो।

प्रदेश सरकारको सहयोग तथा विराटनगर महानगर पालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरि कार्यालय सारिएको पत्रकार महासंघका अध्यक्ष बिक्रम लुईंटेलले बताए। 

चार तले भवन बनाउने गरी काम सुरु गरे पनि यो वर्ष दसैंअघि दुई तला पूर्ण रुपमा सम्पन्न हुने अध्यक्ष लुईंटेलले जानकारी दिए। प्रदेश पत्रकार महासंघमा आफ्नै भवन बनाउने यो पहिलो प्रदेश समिति हो।

कोरोना महामारीका बेला प्रदेशका विभिन्न सञ्चारमाध्यमलाई सरकारको समन्वयमा ५४ लाख रुपैयाँ वितरण गरेको महासंघले निकट भविष्यमा पत्रकारहरुलाई लेखनवृत्तिसमेत दिने तयारी गरेको छ। 

यो महामारीको बेला अप्ठ्यारोमा परेका करिब सय जना पत्रकारलाई लेखनवृत्ति दिने योजना सारिएको महासचिव विवेक गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.