|

हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित मैनाटारमा  सोमबार दिउँसो बोलेरो दुर्घटनामा परेर २ किशोरको मृत्यु भएको छ। 

मनहरीबाट राक्सिराङको सरिखेत पलाँसे जाँदै गरेको ग१ज ७१७५ नम्बरको बोलेरो राक्सिराङ ३ को मैनाटारमा ब्रेक फेल हुँदा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ। 

दुर्घटनामा  राक्सिराङ ३ का १३ वर्षीय रिजन तितुङ ११ वर्षीय अनुप वाइवाको घटनास्थलमै ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । दुर्घटनामा सोही स्थानका २७ वर्षीय सुजन शाही गम्भीर घाइते भएका छन्। उपचारका लागि उनलाई चितवनको भरतपुर अस्पताल पठाइएको रानाले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.