|

काठमाडौं : २०७६ सालको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिइने भएको छ। 

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा विसं २०७६ सालको पद्मश्री साधना सम्मान विगत ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गरिएको हो। 

यस्तै २०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ ले पाउने भएको छ।  पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि तीन लाख रुपैयाँ रहेको छ।

विसं २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार दिदै आएको छ। 

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन दिदै आएपनि यस पटक अनुकूल समय हेरेर पुरस्कार वितरण गरिने पनि प्रतिष्ठानले जनाएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.