काठमाडौं : आज मात्रै नेपाल सरकारका मुख्यसचिव नियुक्त भएका शंकरदास बैरागी सन् १९६६ जनवरी २६ मा पर्वतमा जन्मिएका हुन्।
वैरागीले नेपाल कानून क्याम्पसबाट सन् १९८९ मा स्नातक गरेका छन्। राजनीतिक विज्ञान शास्त्रमा सन् १९९५ मै स्नातकोत्तर गरेका उनले २००२ मा ब्रुसेल्सको फ्री युनिभर्सिटीबाट युरोपेली एकीकरण र विकास (युरोमास्टर) मा पनि स्नातकोत्तर गरेका छन्।
परराष्ट्र मन्त्रालयमा वैरागीले बहुपक्षीय आर्थिक मामिला डिभिजनको हेरचाह गरिरहेका संयुक्त सचिव, युरोप अमेरिका डिभिजन, दक्षिण एसिया डिभिजन र सार्क सेक्सनका सहायक सचिव र भारत र भुटान सेक्सनका लागि डेस्क अफिसरका साथै संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रियसहितका विभिन्न कानुनी क्षेत्रमा काम गरिसकेका छन्।
बैरागीले विदेश सचिवको रुपमा २०१५ मा जिम्मेवारी लिएका हुन्। उनले आफ्नो जागिरे जीवनका ३ दशक पर्यटन मन्त्रालयकै विभिन्न पदमा रहेर काम गरे।
वैरागीले विश् व्यापार संगठनमा नेपालका राजदूतका रूपमा २०१३ मा डब्ल्युटिओमा न्यून विकास भएका देशहरूको परामर्श समूहको संयोजकको रूपमा काम गरे।
बैरागीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्, विश्व स्वास्थ्य सम्मेलन, डब्ल्यूआईपीओ सम्मेलनहरू, शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यकारी समिति, आईओएम काउन्सिल र युएनसीटीएडीको व्यापार तथा विकास बोर्डको नेतृत्व गरे।
उनले जेनेभामा धेरै अन्तर्राष्ट्रिय सम्मेलन र बैठकहरूमा पनि भाग लिइसकेका छन्। मुख्यसचिव बनेका बैरागीका श्रीमती र तीन सन्तान छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।