|

एजेन्सी : सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ। चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायत देशले यसमाथि प्रतिबन्ध लगाइसकेका छन्। शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो। 

'अनैतिक सामग्री' भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको हो। चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिबन्ध लगाउनुपर्ने बाध्यता सिर्जना भएको पाकिस्तानले जनाएको छ। 

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उल्लंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिबन्ध लगाउनुपरेको बताइएको छ। पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्वारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार बिथोल्ने गतिविधि भएको भन्दै टिकटकविरुद्ध उजुरी बढ्न थालेपछि बन्द गरिएको जनाइएको छ। 

मुस्लिम संस्कार अनुसार महिलाहरुले बुर्का लगाउनुपर्ने, शारीरिक अंगहरु प्रदर्शन गर्न नहुनेलगायत कडा सांस्कृतिक व्यवस्था भए पनि टिकटक प्रयोगकर्ताले त्यसलाई उल्लंघन गरेको उजरीकर्ताहरुले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.