|

काठमाडौं :   एप्पलले आइफोन १२ सिरिज अन्तर्गत आइफोन १२ र आइफोन १२ मिनी सार्वजनिक गरेको छ।  यसअन्तर्गत आइफोन १२ मा ६ दशमलव १ इन्च स्किृन रहेको छ भने आइफोन १२ मिनीमा ५ दशमलव ४ इन्च स्क्रिन रहेको छ।

एप्पलले आइफोन १२  सिरिज अन्तर्गत सबैभन्दा सस्तो फोनको रुपमा आइफोन १२ ल्याएको हो। । यो फोनको मूल्य ६९९ डलरदेखि सुरू हुने जनाइएको छ।

आइफोन १२ मिनीमा ओलेड डिस्प्ले, ए १४ चिपसेट, फाइभजी कनेक्टिभिटी र डुअल क्यामेरा सेटअप लगायतका विशेषता छन्। यसमा सुपर एक्सडीआर रेटिना डिस्प्ले रहेको छ।

आइफोन १२ र आइफोन १२ मिनी ब्लु, ग्रीन, ब्ल्याक, ह्वाइट र प्रडक्ट रेड  गरी पाँच कलर अप्सनमा उपलब्ध छन्। यी फोन आइओएस फोर्टिनमा सञ्चालन हुनेछन्। यी फोन ६४, १२८ र २५६ जीबी स्टोरेजमा उपलब्ध भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.