|

सिन्धुली : सिन्धुलीमा आइतबार थप १९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ।

दुधौली नगरपालिका र सिन्धुली अस्पतालबाट १ सय २ जनाको स्वाब संकलन गरी असोज २८ गते पिसिआर परीक्षणका लागि धुलिखेल र हेटौंडा पठाइएको थियो। तीमध्ये १९ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ।

बाँकीको भने रिपोर्ट नेगेटिभ आएको छ। कोरोना संक्रमण पुष्टि हुने १९ जनामध्ये ६ जना महिला र १३ जना पुरुष रहेका स्वस्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र साहले जानकारी दिए।

उनका अनुसार संक्रमित व्यक्तिहरु १३ देखि ५७ वर्ष उमेर समूहका रहेका छन्। सङक्रमितमध्ये कमलामाई नगरपालिकाका १२ जना, दुधौली नगरपालिकाका ६ जना र हरिहरपुरगढी गाँउपालिकाका एक जना छन्।

योसँगै सिन्धुली जिल्लामा कुल सङक्रमित संख्या २ सय ६९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा हाल सक्रिय संक्रमित संख्या १ सय ७२ जना छन्।

संक्रमित मध्ये ९७ जना कोरोनामुक्त भइसकेका छन्। हालसम्मका सक्रिय संक्रमितमध्ये सिन्धुली अस्पताल र एपोलो अस्पतालमा गरी २० जनालाई आइसोलेसनमा राखिएको छ। बाकी होम आइसोलेसनमा बसिरहेका प्रमुख साहले बताए।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमित व्यक्तिको संख्या बढेसँगै उपचारका लागि आइसोलेसन बेड अभाव हुन थालेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.