काठमाडौं : दशैँका लागि विभिन्न जिल्लाबाट उपत्यकामा खसीबोका ल्याउन थालिएको छ। बजारमा खसी व्यापारी र ग्राहकहरूको चहलपहल बढ्न थालेको छ। टुकुचा खसी बजारमा पनि दशैँको लागि खसी किनबेच गर्नेको भीडभाड केही देख्न सकिन्छ।
चौपाया खरिद बिक्री सेवा संघ इकाई कमिटी, प्रदर्शनीमार्गले आइतबार तोकेको मुल्यसूची अनुसार च्याङग्राको मूल्य प्रतिकेजी ९६५ रुपैयाँ रहेको छ। पहाडी खसीको प्रतिकेजी ६३० देखि ६७० रुपैयाँसम्म तोकिएको छ।
तराईबाट ल्याइएका खसीको मूल्य ६५० देखि ६८० रुपैयाँ प्रतिकेजी छ भने बोकाको मूल्य प्रतिकेजी ६३० देखि ६७० रुपैयाँ कायम गरिएको छ।
काठमाडौं महानगरपालिकाले ग्राहकहरूलाई सिङमा हरियो रङ दलिएका खसीबोकामात्रै किन्न आग्रह गरेको छ। रातो रङ दलिएका खसीबोका भने अस्वस्थ रहेको महानगरपालिकाले जानकारी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।