काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध कोलकाता नाइट राइडर्स ‘सुपर ओभर’मा विजयी भएको छ। सुपर ओभरमा हैदराबादले दिएको ३ रनको लक्ष्य ३ बलमै पूरा गर्न सफल भयो।
यसअघि कोलकोताले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनायो। खेल सुपर ओभरमा गएपछि ब्याटिङ गर्न आएका हैदराबादले २ रन मात्र बनाउन सक्यो।
सुपर ओभरमा लकि फर्गुसनले २ विकेट लिएपछि हैदराबादले २ रन मात्र बनाउन सक्यो। यसअघि हैदराबादका लागि जोनि बेयरिस्टोले ७६, कप्तान डेविड वार्नरले अविजित ४८, केन विलियम्सनले २९, अब्दुल समदले २३ रन बनाए।
बलिङमा कोलकताका लकी फर्गुसनले ३, प्याट कमिन्स, शिवम मावि र वरुण चक्रवर्तीले एक/एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङको मौका पाएको कोलकताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो।
उसका लागि शुभमन गिलले ३६, कप्तान इयोन मोर्गनले ३४, नितीश राणाले २९, राहुल त्रिपाठीले २३, आन्द्रे रसेलले ९ रन बनाए।
त्यस्तै, दिनेश कार्तिकले १४ बलमा अविजित २९ रनको योगदान दिए। बलिङमा हैदराबादका टी नटराजले २, राशिद खान, विजय शंकर र बसिल थम्पीले एकरएक विकेट लिए।
जितसँगै कोलकत्ताले ९ खेलमा ५ जितसहित १० अंक जोडेको छ। कोलकता चौंथो स्थानमा छ। हैदराबादको यो छैटौं हार हो। हैदराबाद ९ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।