|

बैतडी : सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टलाई कुटपिट गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्नया गाउँपालिक–५ का अर्जुन मडै र भरत मडै रहेका छन्।

दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। गत असोज २८ गते साँझ गाउँपालिकाको केन्द्रका विषयलाई लिएर अध्यक्ष विष्टमाथि झडप भएको थियो। झडपमा अध्यक्ष, पाँचजना प्रहरीसहित १४ जना घाइते भएका थिए। घाइते अध्यक्ष विष्टको धनगढीमा उपचार भइरहेको छ। 

सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाको निर्णयविरुद्ध आन्दोलित भएका स्थानीयहरुले गाउँपालिका अध्यक्षलगायत माथि कुटपिट गरेका थिए। गाउँपालिकाले गत वर्ष नै गाउँपालिकाको केन्द्र पबितामा राख्ने निर्णय गरेको हो। सो निर्णयविरुद्ध स्थानीयले सर्वोच्चमा मुद्दा दायर गरेका छन्। मुद्दा विचाराधीन छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.