|

काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर  थप ३६ सय ३७  जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर ३२ सय १५ सय संक्रमित कोरोनामुक्त भएका छन्।  

त्यस्तै, आज देशभरमा गरी २१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाकै कारण हालसम्म मृत्यु हुनेहरूको संख्या ८१२ पुगेको छ।

नेपालमा हाल ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्।  आज १३ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी ३२ हजार १५ जना होम आइसोलेसनमा छन्। त्यस्तै क्वारेन्टाइनमा रहनेहरूको संख्या ३ हजार ७१५ छ। त्यस्तै, काठमौंमा १ हजार २८३, भक्तपुरमा ११२  र ललितपुरमा १५७ गरी उपत्यकामा कुल १ हजार ५५२  जना संक्रमित थपिएका छन्।  पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.