|

काठमाडौं : पाेखरामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमणबाट पोखराका तीन जनाको ज्यान गएको हाे।  मृत्यु भएका तीनै जना पुरुष हुन। 

मृतकको विवरण

कास्की जिल्ला, पोखरा महानगरपालिका १ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको २०७७-०७-०७ गते बेलुका ७:४५ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा  निधन भएको छ। 

कास्की जिल्ला, पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको  २०७७-७-०८ गते बिहान ९:० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ

कास्की जिल्ला, पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको २०७७-०७-०८ गते दिउसो ४:२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसियु। मा उपचारका क्रममा निधन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.