|

अर्घाखाँची :  गुल्मीमा जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको एक प्रहरी अधिकृतले बताए। ती प्रहरी अधिकृतले पक्राउ परेकाहरुको परिचय खुलाउन चाहेनन्।

तर, स्थानीयका अनुसार रेसुङ्गा नगरपालिका-७ का वडा अध्यक्ष मोहन प्रसाद पाण्डे, निर्माण व्यवसायीसमेत रहेका युवा संघका नेता राजु पाण्डे लगायतलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो।

उनीहरुलाई रेसुङ्गा नगरपालिका-८ तम्घासस्थित एभरग्रीन होटलबाट गएराति पक्राउ गरिएको र उनीहरूको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.