प्रवक्ता गौतम भन्छन् : सर्वसाधारणले स्वास्थ सजगता अपनाएनन्

|

काठमाडौं : दशैँ सकिएपछि मानिसहरुको आवतजावत बढ्ने भएकाले काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने अनुमान भइरहेको छ। यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडियु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारीसँगसँगै समूदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन्। दशैँ सकिएसँगै देशका विभिन्न भागबाट काठमाडौं उपत्यका आउनेको भीड बढेको छ। उपत्यका त्यसै पनि कोभिड संक्रमणको उच्च दर रहेको ठाउँ हो काठमाडौं

विभिन्न ठाउँबाट आउनेहरुको संख्या बढेसँगै स्वभाविक रुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ। सार्वजनिक यातायात मार्फत उपत्यका भित्रिनेहरुमा अझ बढी संक्रमण हुन सक्ने सम्भावना छ। सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आकलन गरेर सरकारले पूर्व तयारी गरिसकेको बताएका छन्। 

हाई डिपेन्डेन्सी युनिट र आइसोलेसन वार्डको तयारी गरिसकेको उनले बताए। 'संक्रमणको जोखिम कम गर्ने पहिलो दायित्व व्यक्ति स्वयंको भएकोले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कम गर्न सक्दैन', उनले भने, 'यसैले व्यक्ति स्वयमले पनि काठमाडौं फर्किसकेपछि कम्तीमा एक हप्ता क्वारेन्टाइनमा बस्नु जरुरी छ। यो कुरा सरकारले पटक पटक आग्रह गरिसकेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.