|

दैलेख ः कर्णाली प्रदेशका जिल्लाहरू मध्ये सुरुमा कोरोना भाइरसका बिरामी फेला परेको दैलेख अहिले कोरोना महामारीको मारमा परेको छ । पछिल्ला दिनहरूमा परीक्षण गरिएका प्राय सबैमा संक्रमण पुष्टि हुन थालेको छ। 

११ वटा स्थानीय तह रहेको दैलेखमा नारायण नगरपालिका दैलेख बजार क्षेत्र जिल्लामै धेरै भीडभाड र मानिसको आवतजावत हुने बजार मानिन्छ। बजार क्षेत्रमा तीव्र गतिमा संक्रमण फैलिँदै गए पनि नागरिकस्तरमा भने स्वास्थ्य सजगता शून्य झैं लाग्छ। 

सरकारी पक्षले नागरिकहरूलाई स्वास्थ्य सावधानी अपनाउँदै हिँडडुल गर्न मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै आएको छ। नागरिकले भने महामारीलाई मजाकझैं बनाएका छन्। जसले गर्दा दैलेखमा कोरोना संक्रमण तीव्र हुँदै गएको छ। 

परीक्षण बढाउन माग 

जिल्लामा कोरोनाले महामारीको रूप लिँदै गएपछि नागरिकस्तरबाट परीक्षणको दायरा बढाउन माग गरिएको थियो। जिल्लामा धेरै नागरिक गरिबीको रेखामुनि रहेकाले निःशुल्क कोरोना परीक्षणको व्यवस्थापन गर्र्न नागरिकको माग गर्दै आएका छन्। 

यता दैलेख प्रशासनले भने सरकारको निर्देशनअनुसार नागरिबाट शुल्क उठाएर कोरोना परीक्षण गर्दै आएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले सरकारले गरेको निर्देशन अनुसार काम गर्दै आएको बताए।   

नगरपालिका थप एक साता सिल  

कर्मचारीमा कोरोना देखिएपछि केही समयअघि एक साता सिल गरिएको नारायण नगरपालिकालाई पुनः एक साता सिल गरिएको छ। जनप्रतिनिधि कर्मचारी गरी थप १२ जनामा सङ्क्रमण पुष्टि भएपछि नगरपालिका सिल गरिएको हो। 

११ वटै वडासँगै नगरपालिका कार्तिक १६ गतेदेखि एक साताकालागि सिल गरिएको नगर प्रमुख रत्न बहादुर खड्काले जानकारी दिए । दैलेखमा हालसम्म पाँच जनापत्रकार सहित १ हजार ३ सय ९१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। 

संक्रमितमध्ये मंगलबारसम्म १ हजार २ सय ५६ जना डिस्चार्ज भएका छन् । हालसम्म आइसोलेसनमा रहनेको संख्या २५ छ भने होम आइसोलेसनमा १ सय १० जना छन्। 

दैलेखमा कोरोना कारण चार जनाको ज्यान गइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए। 

उनले मंगलबार १२ जनामा गरिएको परीक्षण सबैको रिपोर्ट पोजेटिभ आएको पछिल्लो समय सरकारले परीक्षण गर्नका लागि शुल्क तोकेकाले पनि लक्षण सहिसतकाले मात्र परीक्षण गर्ने गरेकाले सबैमा पोजेटिभ देखिएको हुन सक्ने बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.