बागलुङ : मंगलवार धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ।
बागलुङ नगरपालिका र धौलागिरी अस्पतालको सहयोगमा श्री नं. २३ बाहिनी अड्डा, सेराडील व्यारेक बागलुङले ती पुरुषको शव निरहे घाट नजिकै व्यवस्थापन गरेको हो। उनको मंगलबार बिहान मृत्यु भएको थियो।
उच्च रक्तचाप, मधुमेह लगायतका समस्या रहेका ती पुरुष गत कात्तिक १२ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए। धौलागिरी अस्पतालमानै संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।