|

काठमाडौं : बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी भएको छ। 

जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

निषेधाज्ञा पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चौक सम्म। निषेधाज्ञा अबधिभर र उक्त क्षेत्र मा ५ जना भन्दा बढी भेला जम्मा हुन नपाउने,अनाबस्यक भेला हुन पाउने छैन। निषेधाज्ञा अबधिमा राजमार्ग भने सुचारू रहने छ। 

हत्याको विरोधमा भएको प्रर्दशन घाइतेको मृत्यु भएपछि अझै चर्किनसक्ने भन्दै प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोली बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि भएको प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका बुद्धी न्यौपानको ग्रान्डी अस्पतालमा मंगलबार राति मृत्यु भएको थियो। उनीसँगै घाइते भई काठमाडौं उपचारका लागि ल्याइएका २६ वर्षीय श्याम कार्कीको भने उपचार जारी छ। 

बालिका गुलाबको शव राखेर स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो।

आइतबार साँझ बेपत्ता भएकी बर्दिवास–१४ शुभम् बस्ती बस्ने शाहिद आलमकी ६ वर्षीया छोरी गुलाबको शव सोमबार राति घरभन्दा केही दूरीमा बोरामा राखिएको अवस्थामा फेला परेको थियो।

गुलाब हत्याको आरोपमा प्रहरीले शुभम् बस्तीमै किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण साहलाई पक्राउ गरेको थियो। घटनामा अरुणको संलग्नता रहेको खबर बाहिर आएलगत्तै आक्रोशित स्थानीयवासीले उनको तीन तल्ले पक्की घरमा आगो लगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.