|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको प्रथम खण्डका बाँकी रहेका परीक्षा पुस महिनाको अन्तिम हप्ताबाट सञ्चालन गर्ने भएको छ। अध्ययन संस्थानले आइतबार एक सूचना जारी गर्दै कोभिड–१९ ले स्थगित भएका परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको हो।

‘सूचनामा भनिएको छ, ‘चालु शैक्षिक सत्रको स्नातक तह सबै वर्ष दोस्रो खण्डका नियमित तथा पुन परीक्षाहरु २०७७ फागुन महिनाको तेस्रो हप्ताबाट सञ्चालन गरिने छ।’

बाँकी परीक्षाको तालिका  परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक महिना अगावै परीक्षा नियन्त्रण महाशाखाको वेबसाइटमा प्रकाशित गरिने सूचनामा उल्लेख छ।

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.