काठमाडाैं : घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाले ओसासुनामाथि सहज जित निकालेको छ। यसअघिका पाँच खेलमा एक मात्र जित निकोलेको बार्सिलोना यो खेलसँगै लयमा फर्किएको छ।
४–० ले जितेको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले समेत एक गोल गरेका छन्। उनले ७३ औं मिनेटमा बार्सिलोनाका लागि चाैथो गोल गरेका हुन्। सो गोलपश्चात मेस्सीले आफूले लगाएको टिसर्ट भुइँमा राखेर एकैछिन आकाशतिर फर्किएका थिए। उनले उक्त गोलको समर्पण भर्खरै दिवंगत भएका संसारकै महान् खेलाडी डिएगो म्यारोडोनाप्रति गरेका थिए।
आफ्ना देश अर्जेन्टिनाका महान् खेलाडी म्यारोडाको नाममा उनले उक्त गोल समर्पण गरिरहँदा त्यहाँ रहेका सबैजसो क्यामेराले उनलाई फोकस गरेको थियो। यसअघिका पाँच खेलमा लगातार खराब प्रदर्शन गरेको कारण प्रशिक्षक रोनाल्ड कोम्यान र उनको निकै आलोचना हुँदै आएको थियो। जारी ला लिगामा मेसीले गरेका प्राय गोल पेनाल्टीमार्फत मात्र सम्भव भएका छन्। तर आज घरेलु मैदानमा मेस्सीले आफूलाई प्रमाणित गरेका छन्।
खेलको किङ अफ दी म्याच बनेका मेस्सीको आजको प्रदर्शन निकै उच्चकोटीको भएको खेलपछि बार्सिलोनाका अर्का खेलाडी फिलेपे काउटिन्होले समेत बताएका थिए। उनले पनि आजको खेलमा एक गोल गरेका थिए।
म्याराडोनाको यही २५ नोभेम्बरमा हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।