|

काठमाडौं : साहित्यकार मन्जिला ‘अनिल’को दोस्रो कृति गोघूलि संसार उपन्यास लोकापर्ण भएको छ।

साहित्यिक पत्रकार संघको काठमाडौ.मा गरेको एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, अनेसासका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, साहित्यकारहरु ज्ञानु पाण्डे, रमेश शुभेच्छुक र कृतिकारले संयुक्त रुपमा विमोचन गरेका थिए। 

कुलपति उप्रेतीले नारी स्रष्टाहरुको अभाव खट्किन नदिन मन्जिलाको लेखनले आउँदो दिनमा विशेष भूमिका खेल्ने बताए। यसैगरी कार्यक्रममा विमोचित कृतिबारे साहित्यकारहरु डा. ज्ञानु पाण्डे र रमेश शुभेच्छुकले समीक्षात्मक टिप्पणी गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.