|
फाइल फोटो

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले नगरभित्रको सार्वजनिक विकास निर्माणका कामबाहेक अन्य प्रयोजनका लागि डोजर चलाउन रोक लगाएको छ। अव्यवस्थित ढंगले एक्साभेटर/जेसिबी सञ्चालन भई वातावरण तथा जनजीवनमा प्रतिकूल असर पुगेको जनगुनासो आएपछि नगरपालिकाले डोजर चलाउन रोक लगाएको हो।

नगरप्रमुख सन्तोष चालिसेका अनुसार अब एक्साभेटर/जेसिबीलगायत उपकरण प्रयोग गरेर जग्गा,नदी दोहन गर्न पाइने छैन। जसका लागि नगरपालिकाले पत्राचारसमेत जारी गरेको छ।

‘नगरपालिकाको क्षेत्रको विभिन्न स्थानमा अव्यवस्थित ढंगले विभिन्न उपकरण प्रयोग गरी दोहन गर्दा वातावरण तथा जनजीवनमा प्रतिकूल असर पुगेको तथा पर्ती जग्गा,वन क्षेत्र, जलाशयलगायत क्षेत्र दोहन भइरहेको गुनासो आएको थियो,’उनले भने, ‘अर्को व्यवस्था नभएसम्म अब कसैले डोजर जथाभावी चलाउन पाइने छैन।’

जेसिबीलगायत उपकरण पहिला चलाउन दिएको अनुमति पनि सबै खारेज गरेको उनले जानकारी दिए। ‘हामीले पत्राचार पनि गरेका छौँ। सूचनाविपरीत काम गरिएको पाइएमा नियमअनुसार कडा कारबाही गरिने उनको चेतावनी छ। 

नगरपालिका क्षेत्रका केही ठाउँमा धेरै खाली जग्गा र कम बस्ती भएका ठाउँमा बढी दोहन हुने गरेको छ। वर्षातको समयमा खोलाबाट अव्यवस्थित ढंगले बालुवा चोरी हुने हुँदा बस्तीसमेत जोखिममा पर्दै गएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.