|

काठमाडौं : रुपन्देही र चितवनमा गएराति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। 

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ बेतकुईयामा रोकिराखेको लु १ ख ३४४० नम्बरको ट्रकमा लु ४८ प १८३६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय रामु लोधको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ। रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ जानकीनगरमा गएराति कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पैदलयात्री सुद्धोधन गाउँपालिका २ का २४ वर्षीय महेन्द्र मरासिनीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ। बुटवलबाट भैरहवाका लागि छुटेको बा १९ च २०६८ नम्बरको कारले पैदल हिँडिरहेका मरासिनीलाई गएराति १ बजे ठक्कर दिएको थियो। 

यसैबीच, चितवनको रत्ननगर नगरपालिका ७ मैनाहामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार स्थानीय ३८ वर्षीया कौशिला महतोको मृत्यु भएको हो। प्रदेश ३, ०३, ००२ प ११९१ नम्बरको मोटरसाइकल गएराति सवा १२ बजे अनियन्त्रित भइ पल्टिँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस अस्पताल भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.