चिकित्सक भन्छन्, स्वास्थ्य अवस्था ठीक छ

|

काठमाडौं : गत वर्षको फागुनको २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली प्रत्यारोपणपछि चिकित्सकहरूको सल्लाहमा लामो समय बालुवाटारमै आराम गरेका थिए।

गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएर बालुवाटारमै आराम गरिरहेको केही समयपछि नेपालमा कोरोना संक्रमणले गर्दा लामो समयसम्म लकडाउन भएपछि बालुवाटारमै बसे पनि लकडाउन खुलेर सार्वजनिक कार्यक्रम हुन थाले पनि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा निस्किने गरेका थिएनन्।

नेकपाका हरेक बैठकमा उनले बालुवाटारमै बोलाउने गरेका थिए। तर,  पछिल्लो समय नेकपामा विवाद आएर अनौपचारिक विभाजन भइसकेको अवस्थामा  ओलीले संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरे। त्यसपछि प्रधानमन्त्री ओली दिनहुँ बालुवाटारबाट बाहिर निस्केर लामो समयसम्म सार्वजनिक कार्यक्रममा सहभागी हुने र लामो समयसम्म (करिब ४ घण्टा) नै उभिएर भाषण गर्न थालेका छन्।

छोटो समयमा दुईवटासम्म मेजर सर्जरी गरेका प्रधानमन्त्रीलाई दोस्रो पटकको मिर्गौला प्रत्यारोपणपछि डिस्चार्ज भएर बालुवाटार फर्कंदा चिकित्सकहरूले  इन्फेक्सनबाट जोगिन र आराम गर्न सुझाएका थिए।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि पहिलो पटक  लगातारको दौडधुप भने प्रधानमन्त्री ओलीले केही दिनयता गरिरहेका छन्। चुनावको घोषणापछि दैनिक कार्यकर्ता भेला गरेर प्रधानमन्त्री ओलीले चुनावकाे तयारीमा लाग्न निर्देशन दिँदै आएका छन्। यद्यपि, चुनावको घोषणाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ। यसको अन्तिम व्याख्या भने सर्वोच्च अदालतले नै गर्नेछ।  

जटिल प्रकारको शल्यक्रिया गरेर दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण गरेको झण्डै एक वर्षपछि बालुवाटारबाट बाहिर निस्केर दैनिक लामो समय सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीलाई यस्तो अवस्थामा उनलाई चिकित्सकहरूले सकभर भिडभाडमा जाँदा संक्रमणबाट जोगिन सजगता अपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था एकदमै राम्रो छ : चिकित्सक

लामो समयदेखि प्रधानमन्त्री ओलीको स्वास्थ्य हेरिरहेका वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर अरुण सायमीले हाल प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेको तर भिडभाडमा जाँदा भने सजगता अपनाउनुपर्ने बताए।

उनले भने, ‘हाल उहाँको स्वास्थ्य अवस्था एकदमै राम्रो छ, उहाँ दोस्रो पटकको मिर्गौला प्रत्यारोपण धेरै राम्रो भएको छ तर प्रत्यारोपण गरेका बिरामीमा संक्रमणको जोखिम धेरै हुने हुँदा भिडभाडमा जाँदा संक्रमणको जोखिम धेरै हुने हुँदा सजगता भने अपनाउनुपर्छ।'

चिकित्सकका अनुसार हाल उनले नियमित रूपमा मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले खाने औषधि सेवन गरिरहेको र खानपानमा विशेष ध्यान दिन बारम्बार सुझाव दिँदै आएका छन्। तर, प्रत्यारोपण गरेका बिरामीहरूले धेरै समय आराम गर्नुपर्ने डाक्टरकाे सुझाव छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.