|

काठमाडौं : हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा चियापान गर्दै आएको राप्रपाले यसपटक कोरोना महामारीको कारण चियापान कार्यक्रम नगर्ने तर ७७ वटै जिल्लामा विविध कार्यक्रम गरी मनाउने भएको छ।

२०६५ देखि हरेक वर्ष राप्रपाले सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा गरी चियापान गर्दै आएको थियो। यसपटक गोरखामा हुने कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा सहभागी हुने भएका छन्। थापा गोरखामा हुने र्‍यालीमा सहभागी भई पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्ने र गोरखाबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा नेता मोहन श्रेष्ठले बताएका छन्।

नेपालीलाई नाम र पहिचान दिने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनमा हुने कार्यक्रममा गोरखाबासी स्वस्फूर्त रूपमा सहभागी हुने आफूहरूको अपेक्षा रहेको पनि श्रेष्ठले बताएका छन्। सोही दिन अध्यक्ष थापाबाट राप्रपा जिल्ला कार्यालयमा हुने पार्टीको झण्डा झण्डोत्तोलन र चुनाव चिन्ह हलोको अनावरण गर्ने तथा पार्टीका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि श्रेष्ठले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.