|

काठमाडौं : ललितपुरमा २७ वर्षीया महिलालाई जबरजस्ती बलात्कार भएको छ। ललितपुर महानगरपालिका-१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्तीकरणी गरेको प्रहरीले जनाएको छ।

बलात्कार गरेको आरोपमा काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुनप्रसाद तिम्लसिनालगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

यसैगरी, भक्तपुरमा पनि १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने २८ वर्षीय नवराज कार्की छन्। किशोरीलाई बिहीबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो।

यस्तै, भोजपुरमा पनि  ७७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका-५ होम्ताङ बस्ने ४५ वर्षीय जय कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। मंसिर ३ गते ती महिलाको घरमा कोही नभएको अवस्थामा राईले उनलाई जबरजस्ती करणी गरेको प्रहरीले  जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.