|

काठमाडौं : एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

गएराति भएको भएको खेलमा डिपोर्टिभो अल्भेसलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो। एट्लेटिकोका मार्कोस लोरेन्ट र लुइस सुआरेजले एक एक गोल गरे।

अल्भेसको मैदानमा ४१ औं मिनेटमा लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। खेलको ६३ औं मिनेटमा भिक्टरले रातो कार्ड पाउँदा अल्भेस १० खेलाडीमा समेटियो। ८४ औं मिनेटमा एट्लेटिकोका फिलिपले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो ।
खेलको ९० औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए। जितसँगै शीर्ष स्थानमा उक्लिएको एट्लेटिकोले १५ खेलमा ३८ अंक जोडेको छ।

ला लिगा कै अर्को खेलमा बार्सिलोनाले हुएस्कालाई १–० गोलले पराजित गरेको छ।  घरेलु टिम हुएस्काविरुद्ध बार्सिलोनाका फ्रेन्की डि जोङले गरेको गोल नै निर्णायक बन्यो। कप्तान लियोनल मेस्सीको पुनरागमनमा बार्सिलोनाले जित दर्ता गरेको हो। यसअघि मेस्सीबिनै बार्सिलोनाले इबरसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। घाइते भएका मेस्सी एक खेल मैदानबाहिर रहेका थिए।

खेलको २७ औं मिनेटमा कप्तान मेस्सीको एसिस्टमा डि जोङले गोल गरे।  जितसँगै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको पाँचौ स्थानमा उक्लिएको छ। बार्सिलोनाले १६ खेलबाट २८ अंक बनाएको छ। पराजित हुएस्का भने १७ खेलबाट १२ अंक बनाउँदै लिगको पुछारमा छ। 

गएराति नै भएका अन्य खेलमा  इबरले ग्रानडालाई २–० ले हराएको छ। एथ्लेटिको बिल्बाओले एल्चेलाई १–० ले पराजित गरेको गर्दा रियल सोसिडाडले ओसासुनासँग १–१ गोलको बराबरी खेलेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.