कम्युनिष्ट पार्टीसँग चुलिएको थियो मतभेद

|

चिनियाँ अर्बपति एवम्‌ अलिबाबा समूहका संस्थापक ज्याक मा २ महिनादेखि बेखबर छन्‌। सन् २०२० अक्टोबर १० यता उनी विद्युतीय सामाजिक सञ्‍जालमा समेत निष्क्रिय छन्‌। 

पश्चिमा मिडियाहरूले चिनियाँ कम्युनिष्ट पार्टीसँग मतभेद राखेकाले ज्याक मा बेपत्ता पारिएका हुनसक्ने अनुमान गरेका छन्‌। 

अलिबाबाका मालिक ज्याक मा चीनका चीनका सबैभन्दा धनीमध्ये तेस्रो स्थानमा रहेका धनाढ्य पनि हुन्‌। उनको कम्पनी अलिबाबाले अनलाइनको माध्यमबाट सामग्री खरिदबिक्री गर्नेगर्छ। 

चिनफिङको तारोमा

केहीअघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ज्याक मा को विवाद भएको थियो। उनले वित्तीय निगम र सरकारी बैंकबारे भाषण दिने क्रममा अक्टोबर २४ का दिन मौजुदा चिनियाँ नियमका कारण व्यापारिक क्षेत्रमा नयाँ केही गर्न खोज्नेहरू प्रताडित भइरहेको बताएका थिए।

देशभित्रका विश्वचर्चित धनाढ्य मा ले कानूनमाथि आलोचना गरेपछि कम्युनिष्ट सरकार प्रतिरक्षामा उत्रिएको थियो। मा को भाषणलाई उसले पार्टीमाथिकै हमला भएको उल्लेख गरेको थियो। 

 


सरकारको आलोचना हुनेगरी मन्तव्य दिएपछि मा ले व्यापारिक अवरोधहरू भोग्न थालेका थिए। कम्युनिष्ट सत्ताले ज्याक मा स्वामित्वको एन्ट ग्रुपले बजारमा ल्याउन खोजेको ३७ अर्ब डलर बराबरको प्राथमिक शेयर (आइपीओ) निष्काशन रोकिएदिएको थियो। यसो गर्न स्वयम् चिनियाँ राष्ट्रपति चिनफिङले नै आदेश दिएको अमेरिकी मिडियाहरूले दावी गरेका छन्‌। 

यतिले नपुगेर चिनियाँ सरकारले अलिबाबा ग्रुपमाथि अनुसन्धान थालेको थियो। अनुसन्धानले पूर्णता नपाउन्जेल मा लाई चीन नछाड्न निर्देशन समेत दिइएको थियो।

टेलिभिजन कार्यक्रम शुरू हुनुअघि नै गायब

ज्याक मा ले नोभेम्बरदेखि 'अफ्रिका बिजनेस हिरोज ट्यालेन्ट शो' नामक कार्यक्रम चलाउन खोजेका थिए। तर, सो कार्यक्रम तयारी पूरा नहुँदै उनी बेपत्ता भएका हुन्‌। 

सो कार्यक्रमले यतिखेर ज्याक मा को तस्वीर नै हटाइदिएको छ। उनको ठाउँमा अलिबाबाकै अर्का अधिकारी सामेल भएका थिए। यो कार्यक्रमलाई अलिबाबा ग्रुपले प्रायोजन गरेको । 

व्यापारमाथि निगरानी

सरकारमाथि आलोचना गरेपछि शेयर निष्काशन रोक्का र ज्याक मा गायब हुनु संयोगमात्रै नभएको विश्लेषण भइरहेका छन्‌। यसमा चिनियाँ सरकारको प्रत्यक्ष संलग्नता आशंका गरिएको छ।

यसबीचमा चिनियाँ सरकारले मा को एन्ट ग्रुपमाथि निगरानी गरिरहेको छ। 

यसकारण सरकार चिढियो

अक्टोबर २४ मा भाषण दिने क्रममा ज्याक मा ले नयाँ आविष्कारका सन्दर्भमा चीनको नियामक प्रणालीमाथि आलोचना गर्दै यसलाई बदल्नुपर्ने बताएका थिए। साथै, ग्लोबल बैंकिङ नीति-नियमलाई पनि बुढा मानिसहरूको धर्मशाला (ओल्ड पिपुल क्लब) संज्ञा दिएका थिए।

वित्तीय प्रणालीमाथि पुरानो धङधङी कायमै रहेकाले नयाँ पुस्ताका लागि नयाँ प्रणाली नै आवश्यक परिसकेको उनले बताएका थिए। 

यस्तो अभिव्यक्ति दिएलगत्तै सरकारले एन्ट ग्रुपको आइपीओ निकाल्ने प्रकृया रोकिदिएको थियो। जबकि, मा ले यो अभिव्यक्ति दिनुअघि नै एन्टको आइपीओलाई त्यहाँको धितोपत्र बोर्डले स्वीकृति दिइसकेको थियो।

भनेका थिए : कम्पनी नै सरकारलाई बुझाइदिन्छु

सरकारले धोकाधडी गर्न थालेपछि ज्याक मा ले आन्ट ग्रुप कम्युनिष्ट सत्तालाई नै बुझाइदिने अभिव्यक्ति दिएका थिए। 

पूरानो चिनियाँ नीतिगत व्यवस्थालाई लिएर उनले यस्तो बताएका थिए। त्यतिखेर उनले वित्तीय जोखिमका लागि चिनियाँ सरकारसँग प्रभावकारी पद्दती समेत नभएको आरोप लगाएका थिए।

नोभेम्बरमा यस्तो बताएपछि ज्याक मा सँग चिनियाँ कम्युनिष्ट पार्टी थप चिढिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.