|

काठमाडौं : हिजो विश्वकै एक नम्बरमा पुगेको काठमाडौं उपत्याकाको वायु प्रदुषणमा केही सुधार आएको छ। 

विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी काठमाडौंको वायु प्रदुषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो।  आज विहान ८ बजे भने नेपाल प्रदुषित शहरहरुको सूचीमा झरेर ९६ औं स्थानमा पुगेको छ। आइक्यू एयरले वायु प्रदूषणको स्तर ठीक देखाएपनि काठमाडौंको आकाश ढाकेको आँखा पोल्ने तुवाँलो पूर्णरुपमा हटिसकेको छैन्। 

वायु प्रदुषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन्। वायु प्रदूषणले फोक्सोका साथै आँखा र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको सुझाव छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी र गर्भवती महिलाहरु सकभर प्रदुषण बढेका बेला घरबाहिर ननिस्कँदा राम्रो हुने उनले बताए। 

चिसो मौसममा निमोनिया र कोरोना संक्रमणका कारण फोक्सोका विरामी बढिरहेका बेला देखिएको उच्चस्तरको बायु प्रदूषणले पनि फोक्सोमा नै असर पु¥याउने हुँदा धेरै सतर्क हुनु जरुरी रहेको उनको भनाइ छ। 

 


सरकारले गत वर्ष माघमा पारित गरेको वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदूषण ३ सय एक्युआई नाघेपछि आपतकाल घोषणा गर्नसक्ने व्यवस्था छ। तर प्रदूषणको स्तर ४ सय एक्युआई नाघ्दासमेत सरकारले सतर्कता अपनाउन भन्दै एउटा विज्ञप्तीसमेत जारी गरेको छैन्। हिजो बेलुकी काठमार्डाैंको वायु गुणस्तर इन्डेक्स (एक्युआइ) ४ सय ८७ पुगेको थियो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.