|

सिन्धुली : काम चलाउ सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी बैशाखमा चुनाव भएरै छाड्ने दावी गरेका छन्।

धनुषा हुँदै रामेछाप जाने क्रममा बुधवार सिन्धुलीमाढीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता कार्यकर्तासँग भेट गर्दै पोखरेलले घोषणा गरेकै मितिमा मध्यावधि चुनाव हुने दावी गरेका हुन्।

प्रधानमन्त्रीले निर्वाचनको घोषण गरेसँगै निर्वाचन आयोग र ४ वटै सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको पनि उनले बताए।

‘प्रधानमन्त्री ताजा जनादेशका लागि जनतासामु जान चाहनुभएको छ, बैशाख १७ र २७ गतेका लागि निर्वाचन मिति पनि घोषणा भएको छ, मिति घोषणालगत्तै प्रधानमन्त्रीले ४ वटै सुरक्षा निकाय र निर्वाचन आयोगसँम छलफल गर्नुभएको छ, उहाँहरू पूर्णरूपमा चुनावी तयारीमा लागिसक्नु भएको छ, निर्वाचनमा जे जे परिणाम आउँछ, त्यो स्वीकार गर्दै अघि बढ्नुपर्छ,’ पोखरेलले भने।

कार्यक्रममा सहभागीहरूले 'पार्टीको चुनाव चिह्न के हुन्छ ?' भन्दै गरेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘जहाँ केपी ओली-त्यहाँ नेकपा, जहाँ नेकपा-त्यहाँ सूर्य चिन्ह!’ संसद विघटनबारे सर्वोच्च अदालतलाई जवाफ दिइसकिएको भन्दै उनले चुनावमा जाने प्रधानमन्त्री ओलीको कदम सर्वोच्चले सदर गर्ने विश्वास व्यक्त गरे।

‘प्रधानमन्त्रीले आफ्नो तर्फबाट सर्वोच्चलाई जवाफ दिइसक्नुभएको छ, त्यसकारण ताजा जनादेशमा जाने कुरामा अदालत दायाँ-बायाँ हुन्छ भन्ने मलाई लाग्दैन,’ उनले थपे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रूपमा अझै विभाजन नभइसकेकाले आधारिकताको प्रश्न विभाजनको घोषणापछि मात्रै उठ्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.