|

काठमाडाैं : आज राति लालिगाअन्तर्गत पाँचौं स्थानको बार्सिलोनाले एथ्लेटिकको मैदानमा खेल्दै छ। नेपाली समयअनुसार राति पौने २ बजे यी दुईबीच खेल हुँदै छ। सान म्यामेजमा हुने खेलमा बार्सिलोनाले जिते तालिकाको तेस्रो स्थानमा उक्लिनेछ। 

१६ खेलबाट बार्सिलोनाले २८ अंक बनाएको छ। आज राति जित निकाले १८ खेल खेलेर ३० अंक बनाएको रियल सोसिडाडलाई बार्सिलोनाले उछिन्नेछ। अघिल्लो खेलमा लिगको अन्तिममा स्थानमा रहेको हुवेस्कासँग उसकै मैदानमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको थियो।

पछिल्ला पाँच खेलमा ३ जित र २ मा बराबरी गरेको बार्सिलोनाले आज जित निकाले दोस्रो स्थानको रियल म्याड्रिडसँग अंक दूरी पनि घटाउने छ। रियल १७ खेलबाट ३६ अंकसहित दोस्रो स्थानमा छ भने १५ खेलपछि एट्लेटिको म्याड्रिड भने ३८ अंकसहित शीर्ष स्थानमा छ। 

यस्तै आजै राति नै युरोपको एक मात्र अपराजित टोली एसी मिलानले घरेलु मैदानमा क्रिस्टियानोको टिम युभेन्टसलाई स्वागत गर्दै छ। खेल नेपाली समयअनुसार राति साढे १ बजे हुनेछ। 

सन् २०२१ को आगमनसँगै सानदार सुरुवात गरेको युभेन्टस् आजको खेलमा जित निकाल्दै मिलानको अपराजित शृंखला तोड्न चाहन्छ। १५ खेलबाट ३७ अंक बनाएको मिलानले जारी सिजनमा ४ खेलमा बराबरी गरेको छ।

युभेन्टस भने ६ बराबरी र १ हारसहित लिगको साताैं स्थानमा छ। यी दुई टिमबीच १० अंकको फरक छ। आजको खेलमा दुवै टोलीलाई जित निकै महत्वपूर्ण हुनेछ। मिलानभन्दा एक खेल कम खेलेको इन्टर मिलान ३६ अंकसहित लिगमा दोस्रो स्थानमा छ। 

त्यस्तै इएफएल कपअन्तर्गत आजै राति साढे १ बजे म्यानचेस्टर डर्बीको भिडन्त हुँदै छ। म्यानचेस्टर युनाइडेटको घरेलु मैदानमा हुने सेमीफाइनल खेलमा जित निकाल्ने टिमले फाइनलमा टोटनह्यामसँग खेल्नेछ। 

हिजो राति भएको पहिलो सेमीफाइनलमा ब्रेन्ट फोर्डलाई २–० ले हराएर टोटनह्यामले फाइनल यात्रा तय गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.