|

धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहनिकट अनेरास्ववियू धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। संसद विघटन गर्ने र ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जाने निर्णयको विरोध गर्दै अनेरास्ववियू धनुकटाले बिहीबार साँझ ओलीको पुत्ला जलाएको हो।

विद्यार्थीहरुले प्रहरीको आँखा छल्दै स्थानीय चुवाको बोट चोक नजिकै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्। त्यस क्रममा अनेरास्ववियूूूूका नेता कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका छन्।

अनेरास्ववियूू केन्द्रीय कार्यालयको सर्कुलरबमोजिम पुत्ला दहन गरिएको नेकपा धनकुटाका विद्यार्थी फ्याक्सन इन्चार्ज हेमचन्द्र किरातीले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चालेकाले पुत्ला दहन गर्न बाध्य भएको अनेरास्ववियूू धनकुटाका संयोजक अंकित थापाले जानकारी दिए। ​उनीहरुले केही दिनअघि प्रधानमन्त्रीको कदमविरुद्ध धनकुटामा मसाल जुलुस प्रदर्शन गरेका थिए।

पुत्ला दहन र मसाल जुलुस प्रदर्शन होला कि भनेर जिल्ला प्रहरी कार्यालयले दिनभर चोकचोकमा प्रहरी परिचालन गरेको भए पनि साँझमा प्रहरी हिँडेपछि उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.