धनगढी : प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान धनगढी पुगेका छन्। श्री एअरलाइन्सको जहाजबाट केही बेरअघि उनी धनगढी आइपुगेका हुन्।
प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै नेपाल राष्ट्र बैंक धनगढी जानेछन्। केहीबेर त्यहाँ विश्राम गर्ने कार्यक्रम रहेको छ। त्यसपछि दिउँसो उक्त बैंकबाट नजिकै रहेको धनगढी खुलामञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।