|

काठमाडौं : कोरोनाविरुद्धको 'कोभिशील्ड'को खोप भारतको राजधानी दिल्लीमा साढे ५६ लाख डोज लगिएकाे छ। ।

एयर इन्डियाको विमानमार्फत  खोप इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुनेबाट लगिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त खोप २० देखि २५ डिग्री सेल्सियस सम्म सुरक्षित राख्न सकिने छ। 

भारतको औषधि नियामक निकायले दुईवटा खोपलाई प्रयोगको अनुमति दिएको छ। तीमध्ये 'कोभिशील्ड' नाम दिइएको खोप एस्ट्राजेनेकाले अक्सफोर्ड यूनिभर्सिटीसँग मिलेर बनाएको हो भने 'कोभ्याक्सिन' भारतीय कम्पनी भारत बायोटेक आफैँले निर्माण गरेको हो।

भारत सरकारले आगामी शनिवारदेखि देशमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गर्दै छ। त्यसको चार दिन अघि खोप दिल्ली पुर्‍याइएको हो। 

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त अभियानलाई महत्त्वपूर्ण कदम भन्दै आगामी जुलाई महिनाभित्र ३० करोड मानिसलाई खोप दिइने बताएका छन्।  मोदीका अनुसार स्वास्थ्यसेवाका कर्मचारी तथा अग्रपङ्क्तिमा कार्यरत अन्य व्यक्तिले पहिला खोप पाउनेछन्।  कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा भारत अमेरिकापछि शीर्ष स्थानमा छ। 

कोरोनाभाइरस महामारी फैलिएपछि भारतमा १० करोड तीन लाखभन्दा बढी मानिस सङ्क्रमित भएको पुष्टि भएको छ भने झन्डै डेढ लाख जनाको मृत्यु भइसकेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.