|

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमण देखिएको एक वर्ष पुगेको छ। पछिल्लो समय संक्रमण दर घट्दै गए पनि जोखिम कायमै रहेको विज्ञहरुले बताइरहेका छन्।

पछिल्लो समय सरकारले कोरोनाविरुद्धको खोपलाई मुख्य प्राथमिकता दिएको छ। हालसम्म कुन कम्पनीको खोप नेपाल ल्याउने भन्ने निश्चित छैन। तर, सरकारले छिट्टै खोप ल्याउने तयारी गरेको बताएको छ।

सरकारले फागुनको पहिलो सातासम्म नेपालमा खोप ल्याउने तयारी गरिरहेको छ। उक्त कुरा केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले समेत घुमाउरो तरिकाले बताएका थिए। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीको मुख्य एजेन्डा कोरोनाविरुद्धको खोप भएको बताइएको छ।

प्राथमिकतामा सिरम कम्पनीको ‘कोभ्यासिन’ 

अहिलेसम्म नेपालमा कुन कम्पनीको खोप ल्याउने भन्ने निश्चित नभए पनि सरकारले भारतको सिरम कम्पनीले बनाएको ‘कोभ्याक्सिन’लाई मुख्य प्राथमिकतामा राखेको छ। यसका लागि सरकारले गृहकार्य गरिरहेको स्वास्थ्य मन्त्रालय स्रोतले बतयो। नेपालमा ल्याउन सहज पनि हुने तथा दुईदेखि आड डिग्री तापक्रममा समेत भण्डारन गर्न मिल्ने र सो खालको भण्डारण क्षमता हाम्रोमा रहेको हुँदा सिरमले बनाइरहेको कोभ्याक्सिन खोप मुख्य प्राथमिकतामा छ,’ स्रोतले भन्यो, ‘परराष्ट्रमन्त्रीको भारत भ्रमणमा पनि यसबारे छलफल होला।’

सिरमले बनाएको कोभ्याक्सिन खोप ल्याइएमा हाल देशभर रहेका खोप भण्डारण गरिने कोल्ड रुमहरुमै भण्डारण गर्न मिल्ने हुँदा प्राविधिक तरिकारले पनि सजिलो हुने भएकाले सरकारले कोभ्याक्सिन खोपलाई मुख्य प्राथामिकता दिएको बताइएको छ। जसका लागि मन्त्रालयले हाल उपत्यका र उपत्यकाबाहिर खोप पुर्‍याउनका लागि रेफ्रिजेटर भ्यानको समेत तयारी गरिसकेको बताइएको छ। भ्याक्सिन स्टोरमा रहेका नौवटा कोल्ड रुममध्ये दुईवटा रुम कोभिड भ्याक्सिन भण्डारणका लागि छुट्याइएको मन्त्रालयका अधिकारीहरु बताउँछन्।

विराटनगर, बाराको पथलैयामा रहेको भ्याक्सिन स्टोरमा रहेका तीनवटै भ्याक्सिन स्टोर तथा पोखरा, बुटवल, धनगढी, नेपालगन्ज र सुर्खेतको एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ।

नेपालमा खोप आएको एक साताभित्रै प्रयोग गरिसकिने र त्यसका लागि १६ हजार खोप केन्द्र बनाइनेछ। पाँच हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने तयारी गरिरहेको मन्त्रालयको बताएको छ। नेपालमा खोप आएमा सुरुमा आएको खोप फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीसहित अन्य फन्टलाइनरहरुलाई लगाउने सरकारको तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.