|

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टिम आर्मीले गण्डकी प्रदेशलाई २ सय ८८ रनको लक्ष्य दिएको छ। उद्घाटन खेलमा कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर ६ विकेट गुमाएर २ सय ८७ रन बनायो। उसका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेले।

उनले ७६ बलमा ९ चौका र ५ चौकासहित अविजित १ सय ११ रन बनाए। जारी प्रधानमन्त्री कपमा यो उनको पहिलो शतक हो। भण्डारी आर्मीबाट पिएम कपमा शतक प्रहार गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन्। यसअघि आर्मीबाट सन् २०१८ मा सगर पुनले पहिलो शतक प्रहार गरेका थिए।

यस्तै, ओपनर राजु रिजालले ४५, हरिकृष्ण झाले १४, रोहितकुमार पौडेलले १०, भीम सार्कीले १४, राजेश पुलामी मगरले ३८ र लोकेश बम ४२ रनको योगदान दिए। बलिङमा कप्तान विपिन खत्री र विशाल पौडेलले समान २–२ विकेट लिँदा दीपेश खत्री चन्द्र र पौडेलको नाममा एक विकेट रह्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.